चीनमा असार १५ को दहीचिउरा र महाधिवेशन सँगसँगै

चीनमा असार १५ को दहीचिउरा र महाधिवेशन सँगसँगै

गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति चच्याङको सातौं महाधिवेशन चीनको यिवु सहरमा सम्पन्न भएको छ ।

होटल सांग्रिलामा आयोजित महाधिवेशनले गोविन्द भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

अधिवेशनको अध्यक्षता संघका क्षेत्रीय अध्यक्ष आकाश गुरुङले र प्रमुख अतिथि गैर आवासीय नेपाली संघ चीनका उपाध्यक्ष यादव अर्याल थिए । महाधिवेशनमा संघका पदाधिकारीलगायत चीनमा व्यवसाय गरेर बस्ने नेपाली समुदायको ठूलो उपस्थिति थियो । कार्यक्रम सञ्चालन जीवन मैनालीले र नव निर्वाचित कमिटीलाई विमल कडेलले सपथग्रहण गराएका थिए ।

चीनको चच्याङ क्षेत्रमा बसेर व्यवसाय गर्ने व्यवसायीबाट गठित यस संघले ‘नेपालका लागि नेपाली’ भन्ने मूल नाराका साथ लामो समयदेखि नेपालमा हुने प्राकृतिक प्रकोपलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी दिनमा संघ अझै सशक्त रूपमा नेपाल र नेपालीप्रति उत्तरदायी रहेर आइपरेका समस्या समाधान गर्नका लागि सक्दो प्रयास गर्ने कुरामा संघ सँधै तयार रहने प्रतिबद्धता जनाएका छन् । विभिन्न समस्यासँग जुझ्दै संघले आज यहाँसम्मको यात्रा सफलतापूर्वक अगाडि बढाइरहेकोमा सम्पूर्ण कार्यसमिति का पूर्व कार्य समिति चीनमा बसोबास गर्ने नेपालीप्रति कृतज्ञ रहेको समेत उनले बताए ।

असार १५ को अवसरमा यिवु शहरमा हिजो दहीचिउरा कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा स्थानीय चिनियाँ अधिकारीहरु, चिनियाँ व्यवसायीहरू र सोही सहरमा व्यवसाय गर्दै बसिरहेका नेपालीहरूको ठूलो उपस्थिति रह्यो ! 

उक्त कार्यक्रमको संयोजक नेपाल चाइना चेम्बर अफ कमर्सका प्रतिनिधि विष्णु प्रसाद  दुमरुले उपस्थित चिनियाँ अधिकारीहरू, व्यवसायी तथा अन्य इराक, भारत तथा कोरियाका प्रतिनिधिहरूलाई नेपाली ढाका टोपी लगाइदिएर चेम्बर अफिसमा स्वागत गरेका थिए ।  एनआरएनए चच्यांग यिवुका नव निर्वाचित कमिटीका सदस्यहरूलाई नेपाल चेम्बर अफ कमर्सका  लागि प्रतिनिधि राजकुमार खड्काले ढाका टोपी लगाइदिएर स्वागत र बधाई दिएका थिए ।

स्वागत तथा बधाईको कार्यक्रम पश्चात चीन र नेपालीहरु सबैले सँगै दहीच्यूरा खाएका थिए ! उक्त स्वागत तथा बधाई कार्यक्रममा नेपालका किसानहरूले नेपालमा धान रोपाईं रोप्ने बेला असार १५ लाई विशेष हर्सोल्लाससहित मनाइने गरिएको र सोही अवसरमा थकान कम र बल बृद्धि गर्न दहीच्यूरा अनि केरा मिलाएर खाने चलन भएकाले सोही दिन परेकाले यस्तो संस्कृति बारेको जानकारी दिन कार्यक्रम आयोजना जानकारी दिइएको थियो । कार्यक्रम नेपाल–चाइना चेम्बर र कलश लजिस्टिक्सको कार्यालयमा आयोजना गरिएको हो ।

टिप्पणीहरू