संविधानसभा सदस्य यादवको निधन

संविधानसभा सदस्य यादवको निधन

संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगातका यादवको उपचारको क्रममा वीरगञ्जमा निधन भएको हो ।

यादव २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित उनी मधुमेह रोगबाट पीडित थिए।

काँग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य रहेका स्वर्गीय यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।

टिप्पणीहरू