बैंक घोटालामा एमाले नेता पक्राउ

कर्णाली विकास बैंकको घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।
०६६ देखि ०७५ सालसम्म बैंकको अध्यक्ष रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज नेपालगञ्जबाट नियन्त्रणमा लिएको हो । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका उनी ०७४ को निर्वाचनमा बाँके-२ बाट उठेर हारेका थिए ।
बैँकको अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्ने उनी तेस्रो व्यक्ति हुन् । यसअघि प्रहरीले संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको थियो ।
उक्त बैंकको तीन अर्बभन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
टिप्पणीहरू