बाहिर भिजिनरीको बोर्ड राखेर भित्र अर्कै धन्दा

बाहिर भिजिनरीको बोर्ड राखेर भित्र अर्कै धन्दा

भिजिनरी युथ इन्टरप्रिनियर्स टेनिड्ड इन्स्टिच्युट नामक कम्पनीको आडमा ठगी धन्दा चलाउने आठ जना चितवनबाट पक्राउ परेका छन् । 

बाहिर एउटा भित्र अर्कै कम्पनी खडा गरेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई  नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्चालक सिन्धुलीको दुधौली नगरपालिका–१३ का २७ वर्षीय धनबहादुर खत्रीसहित छन् ।

उदयपुरको कटारी नगरपालिका–२ का २८ वर्षीय लक्ष्मण बास्तोला, कटारी–७ का २० वर्षे गणेश कार्की, त्रियुगा नगरपालिका–४ का ४० वर्षीय रामबहादुर दियाली, कटारी–१२ का २२ वर्षीय दिपेश भन्ने मोहनबहादुर थापा, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ बस्ने वर्ष २५ को श्याम दियाली, सिन्धुलीको दुधौली–१४ का २१ वर्षे मिलन खत्री र बाराको कोल्हवी नगरपलिका–९ की २१ वर्षीया पूर्णिमा चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

व्यवस्थित हिसाबले ठगी गरेका उनीहरुले भरतपुर–९ मा कंडेल चोक नजिकै भिजिनरी युथ इन्टरप्रिनियर्स ट्रेनिड्ड इन्स्टिच्युट प्राइभेट लिमिटेड नामको बोर्ड राखी भित्र भने ग्लोबल ओरियन्स नेपाल प्रालि र ग्लोबल लिभिङ वेल अर्गनाइजेसन प्रालिको नामबाट काम गरेको खुलेको छ ।

आफूहरुलाई झुक्यानमा पारी लगानी गर्न लगाउने तथा बोनससहित साप्ताहिक रुपमा तलब र विदेश भ्रमणको लोभ देखाएर ठगी गरेको पीडितको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

डीएसपी रबिन्द्र खनालका अनुसार समातिएका आठै जनामाथि सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ६ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू