बनेपामा पुल भाँचियो
गएरातिको वर्षाले काभ्रेपलाञ्चोकको बनेपामा पुल भाँचिएको छ । बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल बिहान भाँचिएपछि काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डमा सवारी साधन अवरुद्ध भएको छ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले पछिल्लो समय यो सडकमा सवारी साधनको चाप बढेको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । पुल ४५ वर्षअघि पुरानो भएको बताइन्छ ।
टिप्पणीहरू