डेढ दर्जन जर्नेल यता उता

डेढ दर्जन जर्नेल यता उता

नेपाली सेनाले केही सहायक रथी (एकतारे जर्नेल) को सरुवा गरेको छ । भोलिदेखि लागु हुनेगरी १७ जनाको काज नियुक्ति (सरुवा) गरिएको थाहा लागेको छ । 

प्राप्त विवरणअनुसार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सहायक रथी पवन खत्रीलाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा निमित्त चिफ अफ स्टाफ बनाएर पठाइएको छ । मानव अधिकार निर्देशनालयका रामचन्द्र कार्कीलाई स्वास्थ्य विज्ञान संस्थानमा निमित्त निर्देशक र सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयका प्रकाश थापालाई निरीक्षण निर्देशनालयमा निमित्तको जिम्मेवारी दिइएको छ ।

सरुवा हुने अन्य जर्नेलमा नम्बर १६ बाहिनी अड्डाका रामकाजी थापालाई सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा निमित्त, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका राजाराम बस्नेतलाई जनसम्पर्क तथा सूचना निर्देशनालयमा पुर्याइएको छ । नम्बर २४ वाहिनी अड्डाका गौरव गुरुङलाई मानव अधिकार निर्देशनालयमा निमित्त निर्देशक बनाइएको छ भने नम्बर १३ वाहिनी अड्डाका बवि चन्द राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा लगिएको छ । 

नम्बर २७ वाहिनी अड्डाका सहायक रथी सुरेश हमाल वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा निमित्त केन्द्रपति भएका छन् । नम्बर २ वाहिनी अड्डाका दिलविक्रम सुब्बा सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सैनिक सचिव विभागमा अतिरिक्त समूहमा रहेका चुतेन्द्रबहादुर थापालाई नम्बर १६ वाहिनी अड्डामा निमित्त वाहिनीपतिको जिम्मेवारी दिइएको छ।

सरुवा भएका अन्य जर्नेलहरुमा पूर्वी पृतना हेडक्वार्टरका महेश शमसेर जंगबहादुर राणा नम्बर १३ वाहिनी अड्डामा निमित्त वाहिनीपति, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका अनुप विक्रम राणा अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमा निमित्त निर्देशक, निरीक्षण निर्देशनालयका अर्जुन बस्नेत नम्बर २४ वाहिनी अड्डामा निमित्त वाहिनीपति, सैनिक सचिव विभागको अतिरिक्त समूहमा रहेका दिवाकर विक्रम राणा नम्बर २ वाहिनी अड्डामा निमित्त वाहिनीपति र सुदूरपश्चिम पृतना हेडक्वार्टरका विमलकुमार वस्नेतलाई नम्बर १८ वाहिनी अड्डामा निमित्त वाहिनीपति बनाइएको छ ।

टिप्पणीहरू