‘ज्येष्ठ विद्यार्थीहरु’ दीक्षान्त समारोहमा दंग

‘ज्येष्ठ विद्यार्थीहरु’ दीक्षान्त समारोहमा दंग स्रोत : सिन्ह्वा ।

चीनको सिन्ज्याङ स्वायत्त क्षेत्रका केही पाका उमेरका विद्यार्थी दीक्षान्त समारोहमा सभागी हुँदा खुशीले गद्गद् भएका छन् । तीलचाम्रे कपाल (सिल्भर हेयर) भएका प्रायः आमा समूहका महिलाहरु सिन्ज्याङ खुला विश्वविद्यालयबाट दिक्षित भएका हुन् ।

सन् २०२१ मा स्थापित सिन्ज्याङ सिनियर ओपन विश्वविद्यालयमा हालसम्म पाँच हजार जना ‘ज्येष्ठ विद्यार्थी’ अफलाइन कक्षामा भर्ना भइसकेका छन् । विभिन्न पेशाबाट अवकाश जीवनमा प्रवेश गरेकाहरु उक्त विश्वविद्यालयका विद्यार्थी हुन् । १० हजार विद्यार्थी अनलाइन विधामा भर्ना भइसकेको बताइन्छ ।

आमा समान उमेरका विद्यार्थीहरुको रोजाई विशेषगरी सांस्कृतिक सम्पदा र दैनिक जीवनका उपयोगी विषयसँग सम्बन्धित हुने गरेको छ । महिलाहरुले विशेषगरी नृत्य कक्षामा भाग लिने गरेको पाइन्छ ।

https://english.news.cn/20250707/d15480585bc54e2dabe7be5f684e1fdf/c.html

 

टिप्पणीहरू