‘समाजवादी हातहरु’ देखेर गोकुल बाँस्कोटा छक्क

‘समाजवादी हातहरु’ देखेर गोकुल बाँस्कोटा छक्क

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाले एकीकृत समाजवादी पार्टीभित्र चलिरहेकाे विवादमाथि कडा टिप्पणी गरेका छन् । 

नेकपा एसकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दालाई लक्षित गर्दै ‘सिनो बोकेर हिंडन सकिंदैन’ भनेपछि किचलो चर्किएको छ । सो पार्टीले झाँक्रीलाई स्पष्टिकरण सोधेको छ भने उनले जवाफ नदिने अडान लिएकी छन् । यसप्रति कटाक्ष गर्दै बाँस्कोटाले एकीकृत समाजवादीको लफडा देखेर उदेक लागेको टिप्पणी गरे । 

एमाले विभाजन हुनुअघि झाँक्रीले केपी शर्मा ओलीविरुद्ध बोल्दा माधव नेपालहरुले ताली ठोकेको र अहिले उनीहरुले नै मुखमा पट्टी टाँस्दिन खोजिरहेको उनको भनाइ छ । पूर्वमन्त्री बाँस्कोटाले राननीतिमा पनि प्रकृतिको नियम लागू हुने भन्दै कटाक्ष गरेका छन् । 

‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम । हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउनुपर्छ भनेर बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु’, उनले भनेका छन् ।

टिप्पणीहरू