काठमाडौं महानगरपालिकामा हिजोदेखि अन्धकार

काठमाडौं महानगरपालिकामा हिजोदेखि अन्धकार

काठमाडौं महानगरपालिका कार्यालय भवनको विद्युतीय प्रणाली बिग्रिँदा काम ठप्प भएको छ । कमलादीस्थित नेपाल ट्रष्टको भवनमा भाडामा बसिरहेको महानगरको मिटरले भार थेग्न नसकेपछि विद्युतीय प्रणाली बिग्रिएको छ ।

कार्यालय हिजो साँझदेखि बिजुलीविहिन बनेको छ । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लले ‘लोड ब्यालेन्स’ नमिल्दा मुख्य मिटर बिग्रिएको बताए । उनका अनुसार महानगरमा त्यस्ता घटना हुँदै आएको छ । 

‘पहिले यो भवनमा व्यापारीहरु बस्नुहुन्थ्यो । उहाँहरुको छुट्टाछुट्टै मीटर थियो । अहिले महानगरको सिंगो एउटै मिटर छ । हिजो फूल क्यापासिटीमा काम भइरहेको थियो । जसका कारण त्यसले लोड ब्यालेन्स गर्न सकेन र बत्ती गयो । यसले आगलागीसम्मको घटना हुन सक्छ’,उनले भने । 

त्यसैगरी, उनले केही विभागमा काम सुचारु भइसकेको जानकारी दिए । अगाडि थपे,‘केही विभागमा काम सुचारु भइसकेको छ । केहीमा ठप्प छ । मीटर बनेपछि सुचारु भइहाल्छ ।’ स्रोतले भने हिजो भुक्तानीको अन्तिम दिन ढिलोसम्म काम हुँदा मीटरले भार थेग्न नसकेर बिग्रिएको दाबी गरेको छ ।

टिप्पणीहरू