चीन पुगेका भारतीय विदेशमन्त्री उच्चस्तरीय भेटघाटमा व्यस्त
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका छन् । सांघाई सहयोग संगठन (एससिओ)को सम्मेलनमा सहभागी हुन चीन पुगेका उनले उनले आज बिहान राजधानी बेइजिङमा राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा राष्ट्रपति सीलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेको जयशंकरले जानकारी दिएका छन् । उनले एक्स (ट्वीटर)मा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘मैले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट शुभकामना सन्देश दिएँ । भारत र चीनबीचको सम्बन्धमा सुधार भएका विषयमा छलफल भयो ।’
जयशंकरले हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए ।
टिप्पणीहरू