वैद्य निवासमा प्रचण्ड

वैद्य निवासमा प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणबीच भेटघाट भएको छ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित वैद्यलाई भेट्न प्रचण्ड आज उहाँकै निवास पुग्नुभएको हो । 

भेटपछि अध्यक्ष प्रचण्डले वैद्यको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ । स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।’

गत वैशाखमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा झण्डै तीन हप्ता उपचार गराउनुभएका वैद्य पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा हुनुहुन्छ । बिरामी  परेपछि उहाँ महासचिवको जिम्मेवारीमा नरहनुभएको बताइन्छ ।
 

टिप्पणीहरू