मध्यराती एमाले बैठकमा चर्को विवाद,बिद्याको सदस्यता रोक्ने ओलीको घोषणा
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक समापनका क्रममा लामो मन्तब्य राख्दै पूर्व रास्ट्रपतिले नविकरण गराइसकेको सदस्यतालाई मान्यता नदिने अडान राखेपछि बिबाद शुरु भएको छ ।
अध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले सो को कडा प्रतिवाद गरेका छन् । तनाव र बिबाद जारी छ ।ओलीले बिद्या भण्डारीको चर्को आलोचना गरेको बाहिरैबाट सुनिएको छ ।
स्थायी समिति सदस्य कर्ण थापाले बिद्या भण्डारीका पक्षमा बोल्न उठेर समय मागिरहेका छन् । अध्यक्ष ओली जसरी पनि पूर्व रास्ट्रपतिलाई एमालेको शीर्ष राजनीतिमा आउन नदिन र तेस्रो चोटि अध्यक्ष बन्ने आफ्नो आकाँक्षा पूरा गर्न जुनसुकै हदसम्म जान उध्यत रहेको अहिलेको प्रस्तुतिबाट प्रष्ट देखिएको छ ।
‘पार्टी विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ’, काशीनाथ अधिकारी नेतृत्वको सँगठन बिभागले २ बर्ष पहिले नै गरेको सदस्यता नविकरण अमान्य हुने आफ्नो एकल फैसला सुनाउँदै ओलीले भनेका छन्,"उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन । उहाँले सदस्यता त्यागिसकेको अवस्थामा पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ ।’
टिप्पणीहरू