बाग्मतीमा बहादुरलाई हटाउन चार मन्त्रीको राजीनामा
बागमती प्रदेशका चार मन्त्रीले एकैचोटि राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट सरकारमा सहभागी संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृयण महर्जन, आन्तरिम मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले पद छोडेका हुन् ।
उनीहरुले बिहान ह्वाट्सएपमार्फत् मुख्मन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएको बताइएको छ । राजीनामा दिएका मन्त्रीहरुले केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवासँग भेटेका थिए ।
मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीस्वरुप चार मन्त्रीले राजीनामा दिएको कांग्रेस स्रोतको भनाइ छ ।
टिप्पणीहरू