फ्रिजपछि खुसुक्क ल्यापटप पनि फिर्ता

फ्रिजपछि खुसुक्क ल्यापटप पनि फिर्ता

‘स्वास्थ्य चौकीको फ्रिज खरिदारको मासु पसलमा’ शीर्षकमा गत साउन २ गते जनआस्थामा प्रकाशित समाचारको सिसडोल स्वास्थ्य चौकीले खण्डन गरेको छ । 

काठमाडौंको फोहोरमैलाले अति प्रभावित नुवाकोटको ककनी गाउँपालिका–३, सिसडोलमा रहेको उक्त स्वास्थ्य चौकीलाई महानगरको वातावरण विभागले उपलब्ध गराएको फ्रिज चौकीका एक कर्मचारीले आफ्नो मासु पसलमा लगेको पाइएपछि जनआस्थाले समाचार लेखेको थियो । 

भ्याक्सिन राख्न आवश्यक परेको भन्दै माग गरेपछि महानगरले आर्थिक वर्ष २०७९–८० मा माग फाराम भराएर १९० लिटरको फ्रिज दिएकोमा स्वास्थ्य चौकीका खरिदार श्यामलाल श्रेष्ठ बलामीले तारकेश्वर नगरपालिकामा रहेको मासु पसलमा लगेर राखेको भेटिएको थियो । 

सोही सम्बन्धमा प्रकाशित समाचारलाई लिएर सिसडोल स्वास्थ्य चौकीले हस्तलिखित विज्ञप्ति निकालेको हो । समाचारप्रति आपत्ति जनाउँदै चौकीले महानगरबाट उपलब्ध फ्रिज गत असार १८ गते मात्र ल्याएको र सो फ्रिज मासु पसलमा प्रयोग गर्ने खालको नभएको जिकिर गरेको छ । 

जनआस्थासँग उनले भनेकी थिइन्, ‘यहाँबाट दिएको फ्रिज उहाँले चौकीमा नलगी मासु पसलमा पुर्याउनुभएछ । त्यो फ्रिज प्रयोग गर्न मिल्ने खालको थिएन । उहाँले नयाँ ह्याण्डओभर गर्नुभएको छ ।’

भनेको छ, ‘काठमाडौं महानगरपालिकाबाट उपलब्ध गराइएको फ्रिज यस स्वास्थ्य चौकीमा २०८२–३–१८ गते ल्याएको का.म.पा वातावरण विभागमा ०८२–३–२२ गते फोटोसहित जानकारी गराइएको हुँदा पत्रिकामा उल्लेख भएअनुसार मासु पसलमा राख्ने खालको फ्रिज नभई भ्याक्सिन राख्ने डबल डोरको ठाडो फ्रिज उपलब्ध छ ।’

फ्रिज मासु पसलमा प्रयोग गरिएको समाचार भ्रामक भएको दाबी गर्दै विज्ञप्तिमा थपिएको छ, ‘यस संस्था र संस्थामा कार्यरत खरिदार श्यामलाल श्रेष्ठ बलामीको व्यक्तिगत जीवनमा समेत आँच आउने गरी छापिएको भ्रामक समाचारको खण्डन गरी समाचारमा आएकोजस्तो सत्यता नभएको र झुटो भएको कुरा यस पत्रमार्फत खण्डन गरी जानकारी गरिन्छ ।’

त्यसो त महानगरकै वातावरण विभाग प्रमुख सरिता राईले बलामीले फ्रिज आफ्नो मासु पसलमा लगेको र त्यसको साटो उनले नयाँ फ्रिज दिएको बताएकी थिइन् । जनआस्थासँग उनले भनेकी थिइन्, ‘यहाँबाट दिएको फ्रिज उहाँले चौकीमा नलगी मासु पसलमा पुर्याउनुभएछ । त्यो फ्रिज प्रयोग गर्न मिल्ने खालको थिएन । उहाँले नयाँ ह्याण्डओभर गर्नुभएको छ ।’

फ्रिजपछि ल्यापटप घर लगेको खुलासा

सिसडोल स्वास्थ्य चौकीले फ्रिज मासु पसलमा नलगेको दाबी गरिरहँदा अर्को खुलासा भएको छ । चौकीको ल्यापटपसमेत खरिदार बलामीले आफ्नो घर लगेको खुलेको हो । फ्रिज प्रकरणपछि उनले खुसुक्क थोत्रो ल्यापटप लगेर चौकीको दराजमा राखेको स्रोतको दाबी छ । ककनी–१ का बलामी नेकपा एमालेनिकट हुन् ।

यो पनि...

स्वास्थ्य चौकीको फ्रिज खरिदारको मासु पसलमा

टिप्पणीहरू