क्रिप्टोले भैरहवा चम्काउने चुनावी एजेण्डा
शिक्षा तथा स्वास्थ्यमा गुणस्तरीय र सर्वसुलभ सेवा सुनिश्चित गर्ने एजेन्डासहित किरण विकले रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उनले भैरहवालाई नेपालको पहिलो ‘क्रिप्टो भ्याली’ बनाउने दीर्घकालीन योजनासहित संसदमा क्रिप्टोसम्बन्धी कानुन निर्माणका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले क्रिप्टो मुद्दामा जेलमा परेका वा मुद्दा खेपिरहेका युवालाई समेत न्याय दिलाउने वाचा गरेका छन् । विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिङ र लेखनमा सक्रिय उनले आफ्नो राजनीतिक दृष्टिकोण उदार लोकतन्त्र र मिश्रित अर्थतन्त्रमा आधारित रहेको बताएका छन् ।
खुला समाज, सामाजिक न्याय, अल्पसंख्यक समुदाय, महिला, दलित, मुस्लिम, थारु, मधेसी, अपांगलगायतका समुदायको हक अधिकारको पक्षधर रहेको विकले जानकारी दिए । उनका अन्य प्रमुख एजेण्डामा भैरहवालाई अन्तर्राष्ट्रिय मनोरञ्जन पर्यटन सहर बनाउने, लुम्बिनी महानगरको अवधारणा कार्यान्वयन गर्ने, व्यवस्थित सहरीकरण, आधुनिक कृषि प्रवद्र्धन, जलवायु परिवर्तनको असरबाट सुरक्षा, र शिक्षा तथा स्वास्थ्यमा गुणस्तरीय र सर्वसुलभ सेवा सुनिश्चित गर्नु रहेको उल्लेख छ ।
किरणको उम्मेदवारीले रुपन्देहीको राजनीतिक वातावरणमा नयाँ बहस र सम्भावनासँगै आशाको किरण ल्याउने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू