कालिगण्डकी करिडोर पूर्ण रुपमा सुचारु

कालिगण्डकी करिडोर पूर्ण रुपमा सुचारु

नेपाललाई भारत र चीनसँग जोड्ने कालीगण्डकी करिडोर पूर्ण सञ्चालनमा आएको छ । गुल्मी कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरोले पूर्ण रुपमा अवरुद्ध बनेको करिडोर केही बेरअघिदेखि सुचारु भएको हो । 

कालिका कन्स्ट्रक्सन र प्रहरीले संयुक्त रुपमा पहिरो हटाएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए । जनआस्थासँग भने,‘यहाँ भीरैभीर छ, त्यसैले पहिरो खसेको खस्यै गर्छ । पानी पर्दा पनि पहरो खस्छ,घाम लाग्दा पनि । आज बिहान पहिरो खसेको थियो । त्यो हटाएर सडक पूर्ण रुपमा सञ्चालन गरिएको छ ।’

सो करिडोरमा पटकपटक पहिरो जाने गरेको छ । पछिल्लोपटक असार २७ गते वडा नम्बर–६, बरल्वामा पहिरो खसेको थियो । असार ४ गते वडा नम्बर–१ स्थित हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा सुख्खा पहिरो जाँदा करिडोर पूर्ण रुपमा अवरुद्ध बनेको थियो । जसका कारण आधा दर्जन मालवाहक सवारी साधन बीच बाटोमै रोकिएका थिए । 

त्यसअघि असार २ गते वडा नम्बर १ मा खसेको पहिरोले सडक ठप्प बनेको थियो ।
 

टिप्पणीहरू