पुरस्कारका लागि दाबी गर्न पत्रकारलाई आह्वान

पुरस्कारका लागि दाबी गर्न पत्रकारलाई आह्वान

प्रेस काउन्सिल नेपालले प्रदान गर्ने पत्रकारिता पुरस्कारका लागि आवेदन खुलेको छ । काउन्सिलले आज सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो । 

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको विकासमा पत्रकारिता पेसामा रहेर योगदान पुर्याउने व्यक्ति तथा सञ्चार संस्थाले निवेदन दिन सक्ने सूचनामा उल्लेख छ । त्यस्ता व्यक्ति तथा सञ्चार संस्थालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कार्यविधि, २०८१ बमोजिम आगामी पन्ध्र दिनभित्र निवेदन दर्ता गर्न भनिएको छ । 

‘पुरस्कार वितरणलाई निष्पक्ष, पारदर्शी र वस्तुनिष्ठ बनाउँदै व्यवस्थित गर्न वाञ्छनीय भएकोले काउन्सिलको वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कार्यविधि, २०८१ को परिच्छेक ३ को दफा १४ को उपदफा ४ बमोजिमको विवरणसहित अनुसूची १ बमोजिमको ढाँचाअनुसार विवरणलाई पुष्टि गर्ने कागजातसमेत संलग्न राखी सम्भाव्य सूचीमा समावेश हुन इच्छुक पत्रकारिता क्षेत्रमा संलग्न व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दर्ता गराउन वा काउन्सिलको इमेलमा पठाउन जानकारी गराइन्छ’, सूचनामा लेखिएको छ ।

टिप्पणीहरू