नेपाली विद्यार्थीलाई श्रीलंकामा अवसर

नेपाली विद्यार्थीलाई श्रीलंकामा अवसर

नेपाली विद्यार्थीले श्रीलंकामा छात्रवृत्तिको अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यहाँ गएर छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीसँग आवेदन मागेको छ । 

मन्त्रालयका अनुसार श्रीलंका प्रविधि संस्थानले सन् २०२५ मा कम्प्युटर, इन्जिनियरिङ, मानविकी र विज्ञानजस्ता संकायमा सार्क सदस्य राष्ट्रका योग्य विद्यार्थीलाई छात्रवृत्ति दिइँदैछ । उक्त छात्रवृत्तिका निम्ति अगष्ट २० तारिखसम्म दरखास्त दिनुपर्ने छ। 

‘परराष्ट्र मन्त्रालयको मिति २०८२–०४–१४ गतेको पत्रानुसार श्रीलंकाको श्रीलंका प्रविधि संस्थानमा २०२५ का लागि कम्प्युटर, इन्जिनियरिङ, मानविकी र विज्ञानजस्ता संकायमा सार्कका सदस्य राष्ट्रहरुलाई योग्यताका आधारमा छात्रवृत्ति प्रदान हुने र त्यसका लागि २० अगष्ट २०२५ भित्र दरखास्त दिनुपर्ने जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ।

टिप्पणीहरू