कांग्रेस नेताको घरमा खीर खाने कार्यक्रम
नेपाली कांग्रेस नुवाकोटका नेता जगदिश्वरनरसिंह केसीले काठमाडौँस्थित घरमा खीर खाने कार्यक्रम आयोजना गरेका छन् ।
टोखा नगरपालिका-१० सामाखुशी चोकस्थित निजि निवासमा दिउँसो २ बजेदेखि शुरु भएको कार्यक्रममा खीर खानेको भीड छ । परापूर्वकालदेखि पुर्खाहरुले मौसमअनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न साथै झरिमा भिजेको शरीरलाई निरोगी बनाउन खीर खाने प्रचलन शुरु भएको र त्यसलाई निरन्तरता दिन कार्यक्रम आयोजना गरेको बताइएको छ ।
कार्यक्रममा आयोजकका दाइ तथा कांग्रेस सांसद अर्जुननरसिंह केसी, डा केदारनरसिंह केसीसहित स्थानीय कांग्रेसीहरुको उपस्थिति रहेको जानकारी दिइएको छ । नेपाली समाजमा साउन १५ गते खीर खाने प्रचलन रही आएको छ ।
टिप्पणीहरू