पत्नीलाई हटाएर पितालाई पार्टीको जिम्मा

पत्नीलाई हटाएर पितालाई पार्टीको जिम्मा

श्रीमान-श्रीमतीको घर झगडाको कारण किचलोमा फस्दै आएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्तत: फुटेको छ । 

काठमाडौँमा भर्खरै सम्पन्न रेशमलाल चौधरी पक्षीय भेलाले रञ्जिता श्रेष्ठलाई निष्कासनको गर्दै लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको हो । रञ्जिताले भने उक्त भेलालाई अवैध करार गर्दै लालवीरलाई अध्यक्ष नमान्ने बताएकी छन्। 

उनले आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भनिन्, 'मलाई त केही थाहा छैन, राष्ट्रिय भेला भएजस्तो त लाग्दैन, भइरहेको हो र ?' 

पार्टीबाट हटाइएकी रञ्जिता रेशमकी पत्नी हुन् भने अध्यक्ष चुनिएका लालवीर बुबा हुन् ।

टिप्पणीहरू