‘तेस्रोलिंगी’ बने नाजिर हुसेन

‘तेस्रोलिंगी’ बने नाजिर हुसेन

नेपाली चलचित्रको इतिहासमा पहिलोपल्ट तेस्रोलिंगी समुदायको कथामा बनेको ‘गुन्यू चोलोः द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । 

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर आज ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो । दुई मिनेट १८ सेकेण्ड लामो ट्रेलरमा नाजिरको उत्कृष्ट अभिनय देख्न सकिन्छ । 

पुरुषको अंग लिएर जन्मिएको एउटा मानिसले परिवार र समाजसँग लडेर महिलाको अवतार लिएको कथा ट्रेलरमा देखाइएको छ । चलचित्रमा नाजिरले तेस्रोलिंगीको भूमिका निभाएका छन् । उनको पुरुष र महिला दुवै अवतार देख्न सकिन्छ । 

समुन्द्र भट्टले निर्देशन गरेको चलचित्रमा नाजिरको अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणालगायतको अभिनय छ । 

अमेरिकाको बफेलो एट्लेले नामक कम्पनीले चलचित्रको अन्तराष्ट्रिय प्रदर्शन अधिकार समेत किनिसकेको छ ।

टिप्पणीहरू