एमालेका केही जनजाति र दलित नेताले  पार्टी छाडे

एमालेका केही जनजाति र दलित नेताले  पार्टी छाडे

नेकपा एमाले छाडेर आज एकैदिन १६ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालको हातबाट टीका र खादा लगाउनेमा खोटाङ,उदयपुर,दोलखा, सिन्धुपाल्चोक,चितवन र कञ्चनपुरका १६ जना छन् । 

समाजवादीका अनुसार एमाले खोटाङका हिमाल राई,सजिन्द्र राई, दिकेश राई,मिलन राई,प्रवेश राई,देवेन्द्र राई,संखद राईले आजदेखि औपचारिक रुपमा एमाले छाडेका हुन् । एमाले छाडेर उक्त पार्टी रोज्नेमा उदयपुरका एगिन्द्र राई,रस्मिला राई,चइन्द्र राई,बाबुराम गजमेर र लक्षिधन राई छन् ।

दोलखाका धनलाल तामाङ, सिन्धुपाल्चोकका जीवन तामाङ, चितवनका दिपेन्द्र श्रेष्ठ र कञ्चनपुरका आकाश विष्टले पनि आजदेखि एमाले छाडेर समाजवादी रोजेको बताइएको छ ।

टिप्पणीहरू