ड्राइभरले गाडीको झ्यालबाट हात निकाल्दा ...

ड्राइभरले गाडीको झ्यालबाट हात निकाल्दा ...

हात बाहिर निकालेर गाडी चलाउँदा एक जना सवारी चालक घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-२ मायाटारमा हिजो यस्तो घटना घटेको हो । 

मायाटारस्थित ग्रामीण सडक खण्डमा बा.प्र.००३ च १७३१ नं. को बलेरो चालक चितवनकै कालिका-९ बस्ने वर्ष ३१ को उदय राना मगरले झ्यालबाट बाहिर हात निकाली गाडी चलाउँदै थिए । यसैक्रममा, झ्यालबाहिर निकालेको उनको दाहिने हात सडक छेउको रेलिङमा ठोकिँदा हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 

बलेरो साहु उदय आफैं हुन् । उनलाई उपचारको लागि आज बिहान मेडिकल कलेज भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गरायो ।

टिप्पणीहरू