साँझ राजीनामा दिने तयारीमा मुख्यमन्त्री लामा
बागमती प्रदेशमा चलिरहेको सरकार फेरबदलको रस्साकसीमा मुख्यमन्त्री बहादुरसिंह लामा थाकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनी राजीनामा दिन तयार भएका हुन् ।
संसदीय दलको निर्वाचनमा प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग पराजित भएका लामाले हिजो हेटौँडाबाट काठमाडौँ आएर सभापति देउवासँग एक घण्टा वार्ता गरेका थिए । बूढानीलकण्ठ पुगेका उनलाई देउवाले सिधै ‘लफडा नलम्याउनुस्’ भनेको उनैले बताए ।
‘हिजो म बूढानीलकण्ठ गएको थिए, सभापतिज्यूलाई भेटेर मैले मेरो कुरा राखेँ’, लामाले जनआस्थालाई सुनाए, ‘उहाँले लफडा धेरै भयो, नलम्ब्याउनुस् भन्नुभयो, जनताको काम गर्नलाई पदमै बस्नुपर्छ भन्ने छैन कुरा भयो ।’
प्रदेश सभापति तथा संसदीय दलका नेता बानियाँले पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको मुख्यमन्त्री लामाले बताए । ‘अहिले साथीहरुसँग छलफल गर्दैछु, भरेसम्म परामर्श गरेर मार्गप्रशस्त गर्ने विचारमा छु’, उनले भने ।
टिप्पणीहरू