साँझको कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि
आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष लागेको छ । सो अवसरमा साँझ काठमाडौंमा कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सोङ्ले आज साँझ होटल याक एण्ड यतिमा आयोजना गर्न लाग्नुभएको स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।
नेपाल र चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । दुई मुलुकबीच कायम रहेको कूटनीतिक सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित छ । असल छिमेकी चीनले नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुर्याएको छ ।
टिप्पणीहरू