संविधानका कारण एमालेसँग मिल्नुपरेको देउवाको दाबी
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यौटै दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको राजनीति गर्नुपरेको कुरा दोहोर्याउनुभएको छ ।
पार्टी मुख्यालय सानेपामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यहि भएर अहिले एमालेसंग मिलेर सरकार बनाएको स्पष्ट पार्नुभयो । कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले नै निर्माण गरेको देउवाको भनाइ छ ।
यसका बाबजुत संविधानको समावेशी चरित्र भने प्रशंसनीय रहेको उहाँले बताउनुभयो । महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोड्ने संविधान उत्कृष्ट हो भन्ने उहाँको ठम्याई छ ।
कांग्रेस सभापति देउवाले सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउने सकिने आस गर्नुभएको छ । उहाँ भन्नुहुन्छ- ‘संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउँदैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ, कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ । कुनैपनि पार्टीको स्पष्ट बहुमत आउँदैन । तैपनि पार्टी एक भएर अघि बढेको खण्डमा बहुमत आउन पनि सक्दछ ।’
सभापति देउवाले नेपालका थारु समुदाय जुनसुकै अफ्ठ्यारो परिस्थितिमा पनि देशप्रति इमान्दारिताका साथ अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
टिप्पणीहरू