डुंगा सयरपछि सांसद दंग

डुंगा सयरपछि सांसद दंग

किर्गिस्तानको भ्रमणमा रहेका प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंह डुंगा सयरपछि दंग देखिएका छन् । एसिया नेशनल एसेम्बली वाटर कन्सल्टेटिभको बैठकमा सहभागी हुन उनी राजधानी बिस्केक पुगेका हुन् ।

भ्रमणका क्रममा इस्क–कुल तालको अवलोकन गर्दै केहीबेर डुंगा सयर गरेको उनले बताएका छन् । तालमा खिचिएका तस्बिर सार्वजनिक गर्दै उनले किर्गिस्तान भ्रमणलाई “स्मरणीय र प्रभावशाली” भनेका छन् ।

टिप्पणीहरू