अबदेखि मन्त्रीको पारिश्रमिक राजपत्रमा

अबदेखि मन्त्रीको पारिश्रमिक राजपत्रमा

सरकारले अबदेखि मन्त्रीको पारिश्रमिक नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर तोक्ने व्यवस्था गरेको छ।

यसका लागि ‘मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०४९’ संशोधन गरिएको हो। संशोधित व्यवस्थाअनुसार, सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मन्त्रीलाई दिने पारिश्रमिकको दर तोक्नेछ।

सरकारी कामका सिलसिलामा देश–विदेश भ्रमण गर्दा मन्त्रीहरूले प्रचलित कानुनअनुसार दैनिक र भ्रमण भत्ता पनि पाउने व्यवस्था गरिएको छ।
 

टिप्पणीहरू