माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आजका लागि स्थगित गरिएको छ । हिजोदेखि सुरू बैठकमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, सरकारमा पार्टीको भूमिकालगायत विषयमा गहिरो छलफल भइरहेको बताइन्छ । 

आजको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् । बैठक भोलि बिहान ११ बजे पार्टी मुख्यालय, पेरिसडाँडामा बस्ने जनाइएको छ ।

पछिल्लो समय पार्टीभित्र उत्पन्न असन्तुष्टि व्यवस्थापन गर्न स्थायी समिति बैठकमार्फत् व्यापक छलफल अघि बढाइएको हो ।

टिप्पणीहरू