बैठकका लागि रास्वपाको टोली बर्दिबास

बैठकका लागि रास्वपाको टोली बर्दिबास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू मधेश झरेका छन् । प्रदेश समितिको पूर्ण बैठकमा सहभागी हुन कावा सभापति डोलप्रसाद अर्यालसहितको केन्द्रीय टोली महोत्तरी पुगेको हो । 

बर्दिबास अहिले बैठक चलिरहेको छ । जिल्लागत प्रगति विवरण, पदपूर्ति, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तयलगायत बैठकका एजेण्डा छन् । 

सभापति रवि लामिछानेको पक्षमा चलेको हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा, बारा र सप्तरी जिल्ला समितिबारे आएको गुनासो सम्बन्धमा पनि बैठकमा छलफल हुने प्रवक्ता तथा मधेशका इञ्चार्ज मनिष झाले जानकारी दिए । 

बैठकमा कावा सभापति डोलप्रसाद र इञ्चार्ज मनिषसहित सांसद चन्दा कार्की, केन्द्रीय सदस्य डा. नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायत काठमाडौँबाट गएका नेताहरूको उपस्थिति रहेको जनाइएको छ ।

टिप्पणीहरू