विद्यार्थीको प्रश्नमा सांसद भण्डारीको जवाफ,‘२०८४ पछि देशको नेतृत्व गर्ने चाहना छ’

विद्यार्थीको प्रश्नमा सांसद भण्डारीको जवाफ,‘२०८४ पछि देशको नेतृत्व गर्ने चाहना छ’

युथ भिजिट नेटवर्कले ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रम गरेको छ । कुपण्डोलस्थित वेस्ट मिनिस्टर कलेजमा हिजो नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद डा.चन्द्र भण्डारीको प्रमुख उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

कार्यक्रममा सांसद भण्डारीले मुलुकको राजनीति, वर्तमान अवस्था, देशको विकासमा युवाको भूमिका र आफ्नो दृष्टिकोण राखेका थिए । त्यसैगरी, उनलाई विद्यार्थीहरुले प्रश्न पनि सोधेका थिए । एक विद्यार्थीले सोधेको ‘तपाईँ यति लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, तर किन मन्त्री बन्नुभएन् ?’,भन्ने प्रश्नमा जवाफ दिँदै उनले भने,‘अहिले मन्त्री बन्ने रहर छैन । तर, २०८४ सालपछि देशको नेतृत्व गर्ने चाहना भने छ ।’

राजनीतिमा पद वा हैसियतभन्दा पनि दीर्घकालीन राष्ट्र निर्माण र प्रणालीगत परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै उनले मुलुकको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण रहेको जानकारी दिए । त्यसैगरी, उनले युवाहरुलाई सक्रिय, जिम्मेवार र सचेत भएर राजनीतिमा लाग्न आग्रह गरे ।

टिप्पणीहरू