नयाँ मुख्यमन्त्रीमा बानियाँको दाबी
बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्री पदका लागि दावी गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानपछि बानियाँले प्रमुखको कार्यालयमा पुगेर औपचारिक रूपमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाँ र लामाबीच पछिल्लो डेढ हप्तायता तीव्र राजनीतिक रस्साकस्सी चलिरहेको थियो । पार्टी सभापति शेरबहादुर देउवा निकट दुई नेताबीचको आन्तरिक कलहकै कारण सरकार परिवर्तनको परिस्थिति सिर्जना भएको हो ।
टिप्पणीहरू