धुम्बाराहीमा चिढिएकाहरुको हात्तीसारमा भेला
राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट नेताहरू छुट्टै छलफलमा जुटेका छन् । संस्थापन इतर समूहका नेताहरू हात्तीसारस्थित नेपाल हाउसमा भेला भएर छलफल गरेका हुन् ।
जारी भेलामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट ६० भन्दा बढी नेताहरू सहभागी रहेको बताइन्छ । महामन्त्री धवलशमशेर राणाले संयोजन गरेको भेलामा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, हालै कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही, सहायक मन्त्री प्रेल बलायर, ऋषिराज देवकोटा, सोरेन्द्र शाहलगायत छन् ।
महामन्त्री राणाले हिजो मात्र अध्यक्ष लिङ्देनलाई पत्र लेखेर गल्ती सच्याउन आग्रह गरेका थिए । तर अध्यक्ष लिङ्देनले उनको लिखित आग्रहप्रति हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
टिप्पणीहरू