प्रधानमन्त्री तुर्कमेनिस्तानको आवाजामा

प्रधानमन्त्री तुर्कमेनिस्तानको आवाजामा

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान पुग्नुभएको छ । हिजो राति काठमाडौंबाट दुबई हुँदै त्यता जानुभएको प्रधानमन्त्री आज दिउँसो त्यहाँ पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भोलिदेखि शुक्रबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा उहाँ सम्मेलनमा भाग लिन जानुभएको हो ।

टिप्पणीहरू