सिन्धुली फर्कियो हायू परिवार

सिन्धुली फर्कियो हायू परिवार

पोखरा छोडेर सिन्धुली फर्किएको छ हायू परिवार। उर्मिला हायू सहित १९ जनाको परिवार आज आफ्नै थातथलो सिन्धुली पुगेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठको समन्वयमा उनीहरू फर्किएका हुन्। यसअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसको व्यवस्था गरी उनीहरूको बिदाइ गरेका थिए।

हायू परिवार पोखरा–३, गगनगाउँडास्थित एक घरमा बस्दै आएका थिए। गोलन्जोर–६ स्थित आफ्नै घरमा बस्दा बिरामी पर्ने समस्या देखिएपछि उनीहरूले गाउँलेलाई खबर नदिई घरको बिजोग बनाएर पोखरा पुगेको खबर छ।

वडाध्यक्ष श्रेष्ठले हायू परिवारका लागि सिन्धुलीमा आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् भने मेयर आचार्यले थप सहयोग आवश्यक परेमा आफूहरू तयार रहेको बताएका छन्।

टिप्पणीहरू