फुटबाट जोगियो नेकपा (बहुमत)

फुटबाट जोगियो नेकपा (बहुमत)

नेकपा (बहुमत) पार्टीभित्र देखा परेको बिभाजनको खतरा तत्काललाई टरेको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को नेतृत्वमा रहेको पार्टीले तेस्रो केन्द्रीय समिति बैठकमा ठूलो विवादको सामना गर्नुपरेको थियो ।

यसक्रममा शरद रसाइली र पूर्ण रसाइली ‘रक्तिम’ अनुशासनको कारबाहीमा परेका थिए । नवौं महाधिवेशनमा असहमति राख्दै केही समय सक्रिय राजनीतिबाट टाढा बसेका रसाइली महासचिव बास्तोला र नेता दिपक चलाउनेको आग्रहमा  पार्टीमा फर्किएका थिए । 

प्रारम्भमा पोलिटब्युरो सदस्य तिलक पुन,मिलन राई,नरेन्द्र बिकजस्ता नेताहरूले कारबाही फिर्ता गराउन पहल गरे पनि सफल भएनन् । त्यसपछि युवा संगठनका अध्यक्ष हरिष भट्ट कस्सिए । जानकार श्रोतका अनुसार उनले कारबाही गलत सूचनामा आधारित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको तर्क राखे । अनि कारबाही फिर्ता लिने निर्णय भयो ।

यो निर्णयसँगै दुवै नेतालाई पुरानै जिम्मेवारीमा पुनर्बहाली गरिएको छ।

टिप्पणीहरू