बागमतीमा मुख्यमन्त्री नियुक्तिको तयारी, लगत्तै शपथ
बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । उनलाई मुख्यमन्त्रीमा नियुक्तिपछि शपथ ग्रहणको तयारी गरिएको छ ।
नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित कुल ६४ जनाको समर्थन जुटाएर बानियाँले हिजो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउँदै आज दिउँसो २ बजेसम्म दाबीका लागि आह्वान गरिएकोमा त्यसपछि नियुक्तिको प्रक्रिया अघि बढाउने लागिएको हो ।
बानियाँलाई दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने र त्यसपछि उनले मन्त्रीमण्डल गठन गर्नेछन् । काँग्रेसकै मुख्यमन्त्री बहादुर सिंह लामाले अस्ति पदबाट राजीनामा दिएका थिए । उनलाई पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएर बहुमतले हट्न बाध्य पारिएको थियो ।
टिप्पणीहरू