‘कुलिङ अफ पिरियड’ गडबडीमा सभापति दोषी, अरु निर्दोषी !
संघीय निजामती सेवा विधेयकको प्रस्तावित कुलिङ पिरियड बुँदामा भएको गडबडीमा संसदको राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ । उक्त गडबडी छानबिन गर्न गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई बुझाएको प्रतिवेदनमा खतिवडा दोषी, अरु निर्दोषी शैलीको भाषा प्रयोग गरिएको बताइन्छ ।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच भएको लामो छलफलपछि जुटेको सहमति पश्चात् प्रतिवेदन अनुमोदन गरिएको बताइन्छ । छानबिन समितिमा नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति र कांग्रेसकै सांसद सुशीला थिङ सदस्य छिन् । एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।
माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य राखिएको छ । उनीहरुले रातभर छलफल गरेर बिहानीपख सहमति गरेको बताएका छन् ।
टिप्पणीहरू