प्रचण्ड मसक्क, विप्लवको बाध्यता, माधवको के होला ?

प्रचण्ड मसक्क, विप्लवको बाध्यता, माधवको के होला ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय समिति बैठकपछि मात्र अन्य दलसँगको एकताबारे औपचारिक निर्णय गर्ने भएको छ । विप्लव निवासमा भेला भएका स्थायी समिति सदस्यहरुले हतारमा पार्टी एकताको निर्णय गर्न नहुने धारणा राखेको बताइन्छ ।

आगामी भदौ २२ गते बोलाइएको केन्द्रीय समिति बैठकमा पार्टी एकताको औपचारिक निर्णय गर्ने नेकपाको तयारी छ । समाजवादी मोर्चामा सम्मिलित चार दलबीच पार्टी एकताको छलफल भइरहँदा नेकपा (माओवादी केन्द्र)ले औपचारिक निर्णय समेत गरिसकेको छ । 

हिजो सम्पन्न माओवादी स्थायी समितिको बैठकले विचार र नीतिगत पक्षको आधारमा नेकपा र नेकपा (एकीकृत समाजवादी)सँग एकताको औपचारिक ढोका खुला गर्ने निर्णय गरेको हो । पार्टी एकताको लागि माओवादी अघि सरेपछि नेकपा पनि औपचारिक धारणा निर्माण गर्नमा जुटेको हो । 

यसबीच नेकपा (एकीकृत समाजवादी) भने ‘तटस्थ’ देखिएको छ । पछिल्लो समय अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच बढिरहेको तिक्तताको कारण पार्टी एकताको एजेण्डा ओझेलमा परेको कार्यकर्ता पंक्तिको बुझाई छ ।

टिप्पणीहरू