रास्वपाको सचिवालय बैठक घण्टीघरमा जारी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ बनस्थली चमतिस्थित केन्द्रीय कार्यालयमा अपराह्न साढे ३ बजे शुरु भएको बैठक अहिले चलिरहेको छ । सहकारी काण्डमा रवि जेल परेपछि कार्यवाहक सम्हाल्दै आएका डाेलप्रसाद अर्यालकाे सभापतित्वमा बसेको बैठकमा उपसभापति स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, नेता सन्ताेष परियार, सुमना श्रेष्ठलगायत उपस्थित छन् ।
प्रवक्ता मनिषका अनुसार समसामयिक राजनीतिक विषयसँगै पार्टीको आन्तरिक गतिविधि र रुपन्देही–३ उपनिर्वाचनको तयारीबारे बैठकमा छलफल हुनेछ । हालै रुपन्देहीमा बसेको संसदीय दलको बैठक, सुदूरपश्चिम समस्या समाधान कार्यदलको प्रगति र दल दर्ता लगायतका विषय पनि छलफलको एजेण्डा रहेको जनाइएको छ ।
टिप्पणीहरू