लिलामणिको 'नेपालमा एमसीसी' आउँदै

लिलामणिको 'नेपालमा एमसीसी' आउँदै

नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेलले 'नेपालमा एमसीसी' नामक पुस्तक लेखेका छन् । 

माओवादी मुख्यालय पेरिसडाँडामा भोलि दिउँसो विशेष समारोहबीच पुस्तक लोकार्पण गरिँदैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने कार्यक्रमका लागि सो पार्टीले सम्बन्धितलाई आमन्त्रण गरेको छ । 

अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हित अनुकूल नरहेको भन्दै यसको खारेजीको पक्षमा लगातार वकालत गर्दै आएका नेता हुन् पोखरेल । ‘व्याख्यात्मक घोषणा’ सहित संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा उनले फरक मत लेखेका थिए ।

अहिले पनि विभिन्न सभा समारोह, गोष्ठी, सार्वजनिक कार्यक्रममार्फत पोखरेलले एमसीसीको विपक्षमा बहस गर्न छोडेका छैनन् ।

टिप्पणीहरू