अन्तरिक विवादबीच एकीकृत समाजवादीका बैठक लगातार
नेकपा (एकीकृत समाजवादी) भित्र बढ्दै गएको आन्तरिक विवादबीच पार्टी नेतृत्वले लगातार बैठकको तयारी गरेको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सार्वजनिक रूपमा सवाल जवाफ भएपछि सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
जसअनुसार, आगामी बुधबारको सचिवालय बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण र आन्दोलनका आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ । त्यसपछिका बैठकहरूको एजेन्डा सोही बैठकमा तय गरिने बुझिएको छ ।
पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि संसदीय दलको नेता र पार्टी अध्यक्षको पद छाड्नुपर्ने एकथरीको माग छ । यता नेता खनालले एमाले फुटाएर गल्ती गरिएको बताएपछि अध्यक्ष नेपालले उहाँलाई ‘जथाभावी नबोल्न’ चेतावनी दिनुभएको हो ।
टिप्पणीहरू