एनपीएल अक्सन : कुन टोलीमा कुन खेलाडी अनुबन्ध ?

एनपीएल अक्सन : कुन टोलीमा कुन खेलाडी अनुबन्ध ?

काठमाडौँ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको अक्सनमा आठ टोलीले ३७ खेलाडी किनेका छन् । 

अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नभएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । अक्सनमा ‘ए’ श्रेणीमा रहेका देव खनाल, अर्जुन साउद, आदील अलाम अन्सारी र पवन सरार्फ सर्वाधिक मुल्यमा अनुबन्ध भएका हुन् । उनीहरुलाई टोलीहरुले जनही रु १५ लाखमा खरिद गरेका हुन् । देव र अर्जुन चितवन राइनोज, आदिल काठमाडौं गोर्खाज र पवनले कर्णाली याक्समा अनुबन्ध भएका हुन् । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले किन्न चाहेपछि ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो ।

मिनी अक्सनमा १ सय ५० खेलाडीको सहभागिता रहेको थियो । एनपीएलको अक्सनमा सहभागी हुन ४ सय ५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । बुधबार क्यानले उक्त सूचीबाट एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सुची सार्वजनिक गरेको थियो । 

खेलाडीको मुल्यपनि श्रेणी अनुसार निर्धारण गरिएको थियो । श्रेणी ‘ए’मा रहेका खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ, श्रेणी ‘बी’ मा रहेका खेलाडीका लागि अधिकतम १० लाख रुपैयाँ र श्रेणी ‘सी’मा रहेका खेलाडीका लागि अधिकतम ५ लाख रुपैयाँ तोकिएको थियो । यससँगै आठ टोलीमा ८८  खेलाडी आबद्ध भएका छन् । 

कुन टोलीमा कुन खेलाडी अनुबन्ध ?  

जनकपुर बोल्ट्स 

मयान यादव – ७.७५ लाख रुपैयाँ 

आदित्य महता – ५ लाख रुपैयाँ 

विकाश आग्री – ५ लाख रुपैयाँ

सचिन भट्ट – २ लाख रुपैयाँ 

लुम्बिनी लायान्स 

दिलिप नाथ – १० लाख रुपैयाँ 

शेर मल्ल – १० लाख रुपैयाँ

दुर्गेश गुप्ता – ५ लाख रुपैयाँ

विशाल पटेल – ५ लाख रुपैयाँ 

आदील खान – २ लाख लाख रुपैयाँ

सुदूरपश्चिम रोयल्स 

हेमन्त धामी – १० लाख रुपैयाँ 

दिपाल बोहोरा – ५ लाख रुपैयाँ

मिलन बोहोरा – ५ लाख रुपैयाँ

दीपेन्द्र थापा – २ लाख रुपैयाँ 

टेक बहादुर रावत – २ लाख रुपैयाँ 

पोखरा एभेन्जर्स 

अर्जुन कुमाल – पाँच लाख रुपैयाँ 

अभिषेक तिवारी – २ लाख रुपैयाँ 

कृष्ण पौडेल – २ लाख रुपैयाँ

सन्दिप केसी – २ लाख रुपैयाँ

कर्णाली याक्स 

पवन सरार्फ – १५ लाख रुपैयाँ 

युवराज खत्री – १० लाख रुपैयाँ

इमरान शेख – २ लाख रुपैयाँ

दिपक डुम्रे – २ लाख रुपैयाँ

काठमाडौं गोर्खाज 

आदील अलाम अन्सारी – १५ लाख रुपैयाँ 

सन्तोष यादव – १० लाख रुपैयाँ 

आकाश त्रिपाठी – ७ लाख रुपैयाँ

उत्तम थापा मगर – ३ लाख रुपैयाँ 

तुल बहादुर थापा – २ लाख रुपैयाँ

विराटनगर किंग्स 

सुर्य तामाङ – १० लाख रुपैयाँ

सहिल पटेल – ५ लाख रुपैयाँ 

नारायण जोशी – ५ लाख रुपैयाँ

शंखर राना – ५ लाख रुपैयाँ

शर्वन किस्कु – २ लाख रुपैयाँ

चितवन राइनोज 

अर्जुन साउद – १५ लाख रुपैयाँ 

देभ खनाल – १५ लाख रुपैयाँ 

विपिन रावल – ५ लाख रुपैयाँ

विपिन आचार्य – २ लाख रुपैयाँ

रञ्‍जित कुमार – २ लाख रुपैयाँ

टिप्पणीहरू