चुरोटबाट मात्रै खर्बौं आम्दानी
चीनले चुरोट तथा सुर्तिजन्य पदार्थबाट वार्षिक झण्डै १७ सय अर्ब अर्थात् १७ खर्ब चिनियाँ युआन बराबरको राजस्व उठाउने गरेको छ । जबकी चुरोट तथा सुर्तिजन्य पदार्थमा राज्यले ७० प्रतिशतसम्म कर लगाएको छ ।
मानव स्वास्थ्यको लागि हानिकारक हुँदाहुँदै पनि यसबाट संकलन हुने राजश्वले चिनियाँ अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको पाइन्छ । चीनको कूटनीतिक र सैन्य क्षेत्रमा हुने खर्चको रकम पनि लगभग चुरोटलगायत पदार्थबाट हुने राजश्व रकम बराबर रहेको छ ।
त्यहाँका चुरोट उद्योग अधिकांश सरकारी स्वामित्वमा छन् । चीनको एक अर्ब ४१ करोड जनसंख्यामध्ये कम्तीमा ३० करोड चुरोटको अम्मली रहेको अनुमान गर्ने हो भने अर्को रोचक आँकडा पनि निकाल्न सकिन्छ । ती धुम्रपानकर्ताले मासिक १०० युआन मात्र चुरोटमा खर्च गरे भने, वार्षिक ३६० अर्ब अर्थात् ३६ अर्ब युआन राज्यलाई आम्दानी हुन्छ । विद्यमान करदरलाई ध्यानमा राख्दा राजश्व २५२ अर्ब अर्थात् २५ खर्ब युआन प्राप्त हुन्छ । यसरी चीनको कूल सरकारी राजश्वमा चुरोट र सुर्तिजन्य पदार्थको योगदान ७ प्रतिशत हुन आउँछ ।
राजश्वको यो स्थिर स्रोतले चीनको राष्ट्रिय सुरक्षा र कूटनीतिक खर्चहरूलाई धान्न सहयोग पुर्याएको देखिन्छ । तर मानव स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको र त्यसमा राज्यले गर्ने खर्च, मानव स्वास्थ्यमा परेको असरले समग्र समाजमा पुर्याउने क्षतिको हिसाब धेरै हुनेतर्फ जनस्वास्थ्यविद्ले सचेत गराउँदै आएका छन् ।
टिप्पणीहरू