उत्तर कोरियाको ११ गोल, नेपाल शून्य
एएफसी यू–२० महिला एसियन कपको छनोटमा नेपालले फराकिलो अन्तरले हार बेहोरेको छ । आज भएको खेलमा नेपालले उत्तर कोरियासँग ११–० गोलको फराकिलो हार बेहोरेको हो ।
नेपाललाई खेल अवधिभर दबाबमा राखेको उत्तर कोरियाले पहिलो हाफमै ५ गोल गर्दा दोस्रो हाफमा ६ गोल थपेको थियो । योसँगै नेपालको समूह विजेता बन्दै एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ ।
जितसँगै छनोटको सबै तीन खेल जितेको उत्तर कोरिया ९ अंक जोड्दै समूह विजेता बन्दा नेपालले तीन खेलबाट ४ अंकमात्र जोड्न सक्यो ।
यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० गोलले पराजित गरेको थियो ।
टिप्पणीहरू