नेपाललाई धानमा आत्मनिर्भर बनाउन चिनियाँ पहल

नेपाललाई धानमा आत्मनिर्भर बनाउन चिनियाँ पहल

चितवनमा धान उत्पादन बढाउन चीनले सहयोग थालेको छ । हाइब्रिड जातको धान परीक्षणका लागि रत्ननगरस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा रोपाइँ गरिएको छ । उक्त कार्यक्रममा एकछिन अगाडि राजदूत छन सोङले हाइब्रिड धान प्रविधिलाई खाद्य आत्मनिर्भरता र कृषि सहकार्यको महत्वपूर्ण पक्ष जनाउँदै नेपालमा ‘उत्तम बीउ + उत्तम प्रविधि’ प्रणाली प्रवर्धन गर्ने प्रतिबध्दता जनाउनुभएको छ । 

चिनियाँ कृषि विज्ञहरूले नेपालको माटो,जलवायु र खेती प्रणालीअनुसार उपयुक्त जात छनोट तथा परीक्षण गर्ने क्रममा उक्त रोपाइँ गरिएको बताएका छन् ।

तीन वर्षे परियोजनाले वैज्ञानिक बिरुवा उत्पादन,मल तथा सिँचाइको दक्ष प्रयोग, वातावरणमैत्री रोग–किरा नियन्त्रण र स्थानीय जनशक्ति विकासमा जोड दिनेछ । परीक्षण सफल भए नेपालमा आफ्नै हाइब्रिड धान प्रविधिको स्थानीयकरणका लागि प्राविधिक,व्यवस्थापक र किसानको मूल टोली तयार हुने छ ।

चीनसँगको पछिल्लो कृषि सहकार्यले नेपालको खाद्य सुरक्षा,कृषि आधुनिकीकरण र द्विपक्षीय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा भाग लिन सेचुवान प्रान्तका नेताहरु हिजो नेपाल आइपुगेका थिए ।

टिप्पणीहरू