भारतीय विदेश सचिव नेपाल आउँदै,नेपाली गृहसचिव उत्तर जाँदै

भारतीय विदेश सचिव नेपाल आउँदै,नेपाली गृहसचिव उत्तर जाँदै

भारतीय विदेश सचिव विक्रम मिश्री सम्भवत: पर्सि बिहिवार नेपाल आउँदै छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमण तयारीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर आउन लागेका हुन् ।

सो क्रममा उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायतलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भदौ अन्तिम साता दुई दिनेभ्रमणमा जाने तयारी थालिएको छ । तर,भारतीय पक्षले भ्रमणलाई तीन दिनको बनाउन आग्रह गरिरहेको अवस्था छ ।

यता गृहसचिव गोकर्णमणि दवाडी भारतपछि चीन जान लागेको बुझिएको छ । उनी साउन पहिलो साता नयाँ दिल्लीमा भएको गृहसचिवस्तरीय बैठकमा भाग लिएर फर्केका थिए । मन्त्रालय स्रोतका अनुसार चीनमा हुन लागेको ग्लोबल साउथसम्बन्धी सुरक्षा सम्मेलनमा भाग लिन दवाडीले आवश्यक प्रक्रिया अघि बढाएका छन् । सम्मेलनको विषय,स्थान,मिति र दिनबारे केही बताइएको छैन ।

टिप्पणीहरू