बालाको नाममा बालुवाटारबाट ‘ब्रेक’

बालाको नाममा बालुवाटारबाट ‘ब्रेक’

प्रेस काउन्सिल नेपालमा पहिलो महिला अध्यक्ष हुने सम्भावना तत्काललाई टरेको छ । नेपाली काँग्रेससम्बद्ध प्रेस युनियनकी नेत्री बाला अधिकारीलाई नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगे पनि हिजोको क्याबिनेट बैठकमा प्रधानमन्त्रीले अहिलेलाई भैगो,पछि गरौं भन्नुभयो । 

दुई महिनादेखि नेतृत्वविहीन काउन्सिलमा अधिकारीलाई लैजाने सहमति नेपाली काँग्रेस र एमाले नेतृत्वबीच जुटेको थियो । तर हिजो रातीको क्याबिनेट बैठकमा काउन्सिल अध्यक्षको नियुक्तिबारे कुरो उठ्नेबित्तिक्कै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पछि गरौंला’ भन्नुभयो र सञ्चार मन्त्रालयको उक्त एजेण्डा हाललाई तुहिएको छ ।

‘काँग्रेसबाटै के के कुरा आयो जस्तो छ । बालासम्बन्धी पहिले प्रकाशित समाचारहरुको कटिङ्ग लगेर काँग्रेसबाटै झोसपोल लगाइएपछि प्रधानमन्त्रीले पछि गरौंला भनी टार्नुभएको अनुमान छ । पहिले हुन्छ भनेर टिप्पणी उठ्यो । पछि काँग्रेसले नै खुट्टा कमाएपछि आरजू म्याडम पनि पछि हटेको रुपमा बुझौं न यसलाई !’

एमाले निकट बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल सकिएसँगै गत जेठदेखि काउन्सिलमा अध्यक्ष पद रिक्त छ । एमालेबाट निवर्तमान अध्यक्ष बालकृष्णसहित गोपाल खनाल,अखण्ड भण्डारी,तीर्थ कोइराला,रघु मैनालीको नाम चर्चामा थियोे । तर भित्रभित्रै भएको भनिएको सहमतिपछि कांग्रेस निकट बालालाई नयाँ अध्यक्ष नियुक्त गर्न मन्त्रालयबाट प्रस्ताव लगिसकिएको थियो । 

बालाको नाम नआउँदै प्रधानमन्त्रीले जनाउनुभएको अब्जेक्सन सम्बन्धमा बालुवाटार स्रोत भन्छ, ‘काँग्रेसबाटै के के कुरा आयो जस्तो छ । बालासम्बन्धी पहिले प्रकाशित समाचारहरुको कटिङ्ग लगेर काँग्रेसबाटै झोसपोल लगाइएपछि प्रधानमन्त्रीले पछि गरौंला भनी टार्नुभएको अनुमान छ । पहिले हुन्छ भनेर टिप्पणी उठ्यो । पछि काँग्रेसले नै खुट्टा कमाएपछि आरजू म्याडम पनि पछि हटेको रुपमा बुझौं न यसलाई !’

टिप्पणीहरू