पर्सि शुभारम्भ, आज सित्तैमा प्रशिक्षण

पर्सि शुभारम्भ, आज सित्तैमा प्रशिक्षण

चितवनको भरतपुर महानगरपालिका-८ स्थित लालीगुँरास चोकैमा सञ्चालनमा आउन लागेको जुम्बा स्टुडियोले निःशुल्क प्रशिक्षण कार्यक्रम गर्दैछ ।

‘स्टे फिट, स्टे हेल्दी’ भन्ने मूल उद्देश्यकासाथ पर्सिबाट औपचारिकरुपमा सञ्चालन हुन लागेको त्रिशा ‘द जुम्बा स्टुडियो’ले जिम र हेल्थमा लामो समयदेखि काम गर्दै अनुभव प्राप्त प्रशिक्षक एवम् विज्ञहरुको प्रत्यक्ष रोहवरमा आज दिउँसो २ देखि ५ बजेसम्म प्रशिक्षण दिन लागेको लागेको जनाइएको छ ।
    
प्रशिक्षणमा स्टुडियोबाट प्रदान गरिने सेवाहरु र स्वस्थ जीवनयापनका लागि आवश्यक स्वास्थ्य टिप्स लगायतका विषयमा जानकारी गराइने स्टुडियोकी सञ्चालिका सरिता सुवेदीले जानकारी गराइन् । स्टुडियोको व्यवसायिक रुपमा भने यही साउन २९ गते बिहीबार ११ बजे एक समारोहका बीच शुभारम्भ गर्ने कार्यक्रम तय छ ।

एकै थलोमा संगीतका माध्यमबाट मिनी जिमको व्यवस्था, जुम्बा क्लास, हेल्थ टिप्स, थेउरी क्लासको सेवा सहित नियमित योजना, विद्यार्थी लक्षित योजना छ । विभिन्न व्यक्तिहरुको व्यस्त समयलाई मध्यनजर गर्दै विदाको समय समेत प्रयोग गर्न मिल्ने अवसरसहित विभिन्न प्याकेजहरुको सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको सुवेदीले बताइन् । 

बिहान साढे ४ बजेबाट सुरु हुने ‘द जुम्बा स्टुडियो’ मा नृत्य कक्षाहरुसमेत सञ्चालन हुने जानकारी गराइएको छ ।
 

टिप्पणीहरू