राप्रपामा कुटाकुट, अब झन रडाको

राप्रपामा कुटाकुट, अब झन रडाको

पूर्वपञ्चहरूको पार्टी राप्रपासम्वद्ध युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशन स्थगित भएको छ । आजका लागि तय भएको अधिवेशनमा कार्यक्रम शुरु हुनुअगावै झडप भएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको हो ।  

मातृ पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अर्को सूचना जारी नहुँदासम्मको लागि अधिवेशन स्थगित गरिएको घोषणा गरेका छन् । उनैबाट आज अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । 

कार्यक्रम शुरु हुनुअघि नै दुई समूहबीच हात हालाहाल भएपछि तनावपूर्ण अवस्था सिर्जना हुनपुग्यो । त्यसपछि प्रहरीले हस्तक्षप गर्दै झडप साम्य पारेको छ । 

राप्रपामा पछिल्लो समय अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणाको छुट्टा छुट्टै गुट छ । आज कुटाकुट गर्नेहरू पनि यी दुई गुटका कार्यकर्ता रहेको बताइन्छ । 

पार्टीभित्र चलिरहेकाे अध्यक्ष र महामन्त्रीबीचको आन्तरिक द्वन्द्व युवा संगठनमा पनि छाताछुल्ल भएकाे एकजना प्रत्यक्षदर्शीले बताए । 

यता लिङ्देनले चै घटनाको छानविन हुने र त्यसपछि मात्रै अधिवेशनको कार्यक्रम तय हुने बताएका छन् ।

तस्बिरहरु 

टिप्पणीहरू